डिशहोमले ल्यायो ‘डिलर दाईको छुट’ अफर

काठमाडौंः डिशहोममा ग्राहकहरूलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यल ‘डिलर दाईको छुट’ अफर ल्याएको छ ।

जसअनुसार डिशहोमका डिलरहरूमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेवापत एड–अन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुने बताइएको छ ।

हरेक हप्तामा दुई जना ग्राहकहरूले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्ने डिशहोमले जनाएको छ । साप्ताहिक लक्की ड्र कार्यक्रम २०७६ माघ २७ गतेबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागू हुनेछ ।

त्यसमा समावेश ग्राहकहरूको डिशहोम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने छ ।

कमेन्ट गर्नुहोस्