धनगढीः साढे चार किलो आठ सय ग्राम लागूऔषध चरेशसहित गौरीफन्टा नाकाबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तुको शिबराज नगरपालिका –९ घर बताउने २४ बर्षिय बिश्वास थापा र २५ बर्षिय शिमा रानामगर छन ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ शान्ति पुनःस्थापना केन्द्र अगाडी धनगढी बजारबाट भारतको सिमा नाका गौरीफण्टातर्फ जाँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ गरिएको र कारबाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।