चिनियाँ राष्ट्रपति सीद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

बेइजिङः चिनियाँ राष्ट्रपति सि चिनपिङले चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानको निरीक्षण गरेका छन् ।

उनले सोमबार बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको निरीक्षण गरेका हुन् ।

उनले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएको बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्