पेट्रोलियम पदार्थ अन्वेषणः साइस्मिक सर्भे सात लाईनको काम सकियो

दैलेखः दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण अन्तरगत साइस्मिक सर्भे सात लाईनको काम सम्पन्न भएको छ । नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तरगत साइस्मिक सर्भे सात लाइनको काम सम्पन्न भएको हो ।

पेट्रोलिम पदार्थ अन्वेषणअन्तरगत महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए । गत कात्तिकदेखि सुरु गरिएको अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिणमा गरी १० वटा साइस्मिक सर्भे लाइन रहेका छन् ।

याे पनि पढ्नुस  दोस्रो चरणमा दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण हुँदै

यी मध्ये सातवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भेको काम सम्पन्न गरेको अन्वेषण अधिकृत डा. त्रिपाठीले बताए । बाँकी रहेका तीनवटा लाइनको काम फागुनको दोस्रो सातासम्म सक्ने गरी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको उनले बताए ।

अन्वेषणअन्तरगत पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भेभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको डा. त्रिपाठीले बताए ।

उनका अनुसार दैलेखको पूर्वि भू–भागमा साइस्मिक सर्भेको काम सम्मपन्न भएपछि चिनियाँ प्राविधिक टोलीले अहिले दुल्लु नगरपालिका–८ दुल्लु संग्रालय नजिकै क्याम्प राखेर पश्चिम क्षेत्रमा अन्वेषणको काम गर्दै आएको छ ।

याे पनि पढ्नुस  दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सम्पन्न

१० वटै साइस्मिक लाइनमा सर्भे सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली चीन फर्कने छ । यहाँ संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी फर्केपछि चार किलोमिटर गहिराइसम्म मुख्य ड्रिलिङको काम गर्ने डा. त्रिपाठीले बताए ।

अहिले चिनियाँ प्राविधिक टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगपालिकाका केही भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको छ ।

याे पनि पढ्नुस  दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सम्पन्न

भारतले नेपालमा अघोषित नाकाबन्दीताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो ।

उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो ।

सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्