मृतक मुना अधिकारी कार्की
काठमाडौंः ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्यापछि आफैँ पनि आत्महत्या गर्ने कामदार विजय चौधरीको पेन्टीमा प्रहरीले रगत र विर्य भेट्टाएको छ ।
प्राप्त सिसिटिभी फुटेजका आधारमा सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँकेका थिए । त्यसपछि करिब १३ मिनेट चौधरीले के गरे भन्ने सिसिटिभी फुटेजमा देखिँदैन ।
१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको पनि सिसिटिभी फुटेजमा देखिएको छ । त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ । सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ ।
११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेका थिए । १० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाउनुअघि पनि किचेनबाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ ।
१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाएपछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन । चौधरीको पेन्टीमा रगत र विर्य लत्पतिएको देखिएको छ । पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। देशसञ्चारबाट साभार