चैत्र तेस्रो हप्तादेखि एकदिवसीय क्रिकेट प्रतियोगिता गर्ने क्यानको निर्णय

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले चैत्रको तेस्रो हप्तादेखि सिनियर पुरुष एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

क्यानको सिटि अफिस नक्सालमा आज बसेको केन्द्रिय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

सिनियर राष्ट्रिय क्रिकेट टिम (पुरुष) तर्फ कुल २४ जना खेलाडीहरुलाई ए प्लस, ए, बी र सी ग्रेडअनुसार तथा सिनियर राष्ट्रिय क्रिकेट टिम (महिला) तर्फ १८ जना खेलाडीहरुलाई ए, बी र सी ग्रेड सेन्ट्रल कन्ट्र्याक्टमा समाबेस गर्न ‘प्रस्तावना तयार गरि संघलाई पेश गर्न’ समिति गठन गरिएको छ ।

याे पनि पढ्नुस  नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवश्यक ?

संघ केन्द्रिय कार्यसमिति कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य अमितवीर पान्डे र दुर्गाराज पाठक रहेको समिती गठन गरिएको हो ।

सिनियर राष्ट्रिय क्रिकेट टिम (पुरुष) खेलाडीहरुले खेल्ने एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय खेलहरूमा जनवरी २०२० बाट लागू हुने गरेर प्रतिखेल पाँच हजार रूपैयाँ म्याच फि दिने निर्णय गरिएको क्यानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्