चक्‍कु बोकेर राष्ट्रपति ट्रम्पको हत्या गर्न जाने युवक पक्राउ

एजेन्सीः अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फलोरिडाका २५ वर्षीय रोजर हेजपेथ रहेका छन् ।

ती युवकले प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिएका थिए । स्थानीय मिडियाका अनुसार ती युवकले ‘म डोनल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै ह्वाइट हाउस अगाडि प्रदर्शन गरिरहेका थिए ।

याे पनि पढ्नुस  लोकसेवाको परीक्षा विथोल्न खोज्ने ४ जना पक्राउ

साथै उनको साथबाट प्रहरीले चक्कु बरामद गरेको छ । प्रहरीले पक्राउ गरेपछि ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्