मिटरब्याजी आरोपी यादव १५ लाख रुपैयाँ धरौटीमा छुटे

सर्लाहीः सर्लाही जिल्ला अदालतले मिटरब्याजी आरोपी रामबाबु राय यादवलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

सोमवार न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले बरहथवा नगरपालिकाको गङ्गापुर निवासी यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलका अनुसार अदालतको आदेशपछि यादव सोमवार साँझ धरौटी रकम बुझाएर हिरासतमुक्त भएका छन् ।

याे पनि पढ्नुस  सर्लाहीकी कोरोना संक्रमित युवती काठमाडौंकै बासिन्दा

यादवविरुद्ध गत शुक्रबार सर्लाही जिल्ला अदालतमा ठगी कसुरमा अभियोगपत्र दर्ता भएको थियो । यादवबाट ऋण लिएकाहरुले ऋण लिँदा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको र धरौटी राखेको जग्गा आफू खुसी बिक्री गरेको गुनासो गर्दै सङ्घीयका सरकारका मन्त्री तथा शीर्ष नेताहरु र सुरक्षा अधिकारीलाई भेट्न काठमाण्डौं पुगेपछि यादवलाई प्रहरीले गत पुस २३ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

याे पनि पढ्नुस  एनसेल टावरमा बम विष्फोट

ऋणीहरुले यादवलाई कारवाही गर्न माग गर्दै पटक–पटक प्रदर्शन गर्दै आएका थिए । यस्तै सर्लाहीमा अर्का मिटरब्याजी आरोपी त्रिभुवननगर निवासी सञ्जय साह रौनियारलाई पक्राउ गरी कारवाही गर्न माग गरिरहेका छन् ।

यसअघि जिल्लाका अर्का खुङखार ‘मिटरब्याजी’ आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह भने केही महिनाअघि पक्राउ परी अदालतको आदेश अनुसार पूर्पक्षमा कारागारमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्