घट्यो सुनको मूल्य, कतिमा हँदैछ कारोबार?

काठमाडौंः साताको दोस्रो दिन मंगलबार आजको सुनको मूल्य १ सय रुपैंयाले घटेको छ।

मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुनको मूल्य आज ७५ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार ७५ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज ७५ हजार ६ सय पुगेको छ।

त्यस्तै चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्