काठमाडौंः एनआईसी एसिया बैंकले ‘भ्यालेन्टाइन डे’ विशेष कार्यक्रम ल्याएको छ । मोबाइल ब्यांकिङ एपमार्फत् कारोबार गर्ने ग्राहकलाई एनआईसी बैंकले सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डेमा निशुल्क डिनरको अफर ल्याएको हो ।
२८ माघदेखि तीन दिनसम्म मोबाइल एपमार्फत् कारोबार गर्ने मध्ये २० जनालाई प्रेमी प्रेमिका तथा जीवनसाथीसँग सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।
एपबाट जतिसुकै कारोबार गर्ने ग्राहक पनि यो अफरमा सामेल हुनेछन् ।