कृषिमा फड्को मार्न वैज्ञानिक भूमिसुधारः मन्त्री अर्याल

काठमाडौंः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छन् ।

मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला’ कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

याे पनि पढ्नुस  वार्तामार्फत् नेपाली भूमि फिर्ता ल्याइन्छः मन्त्री अर्याल

मन्त्री अर्यालले भूमिको व्यवस्थित वैज्ञानिक सुधार नगरिएसम्म कृषिमा फड्को मार्न नसक्ने बताइन् । ‘कृषिको व्यवसायिकिकरण र यान्त्रिकिकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौं न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘यसका निम्ती महत्वपुर्ण कुनै क्षेत्र छ भने त्यो सहकारी क्षेत्र नै हो ।’

याे पनि पढ्नुस  मन्त्री अर्याल भन्छिन्, ‘गुठी परम्पराको संरक्षण सरकारले गर्छ’

अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने बताएन् । यसलाई स्थापित गरेर छाड्ने मन्त्री अर्यालले उद्घोष गरिन् ।

कमेन्ट गर्नुहोस्