काठमाडौंः गुण्डा नाइक रामेछाप दुरागाउँका रमेश ‘बाहुन’ भनिने सुजन पौडेललाई अदालतले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सजायको फैसला गरेको हो । यसअघि १५ माघ २०७६ मा पौडेल बिरुद्धको लागूऔषध मुद्दाको कसुर ठहर सजाय निर्धारणको आदेश भएको थियो ।
अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले पूर्पक्षका लागि कारागारमा रहेका पौडेललाई पक्राउ गरेको मितिले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए ।
नेपाली सेनाका भगौडा पौडेललाई पहिलो पटक १० जेठ २०६४ मा काठमाडौं प्रहरीले दरबारमार्ग्स्थित हटब्रेड अगाडीबाट हतियारसहित पक्राउ गरेर कारबाही गरेको थियो ।
पौडेल केन्द्रीय अनुसन्धान ब्युरोले बनाएको गुण्डा सूचीमा छन् ।