चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्‍नु हुन्‍नः सांसद सुवाल

काठमाडौंः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले चीनबाट फर्काइने नेपालीलाई घनाबस्तीभन्दा राख्न नहुने बताएका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसद सुवालले भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा चीनबाट फर्काइने नेपालीलाई राख्‍न लागिएकोमा विरोध जनाएका हुन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा आज १६१५ जनामा कोरोना पुष्टि

उनले भने, ‘क्‍वारेन्टाइन घनाबस्तीमा राख्‍नु हुँदैन । क्‍वारेन्टाइन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सिफारिसअनुसार घनाबस्ती बाहिर राख्‍न अनुरोध गर्छु ।’

उनले चीनबाट फर्काइने नेपालीलाई राख्‍न क्‍वारेन्टाइन स्थान खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा मंगलबार प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिवले निरीक्षण गरेकोप्रति जनताको विरोध रहेको उल्लेख गरे।

याे पनि पढ्नुस  उदयपुर भुल्केका थप ४ जनाले जिते कोरोना

सरकारले कोरोना भाइरस इपिसेन्टर चीनको वुहानबाट नेपालीलाई फर्काउने निर्णय गरेको भए पनि अहिलेसम्म ल्याउन सकेको छैन।

कमेन्ट गर्नुहोस्