अवकास हुँदै गर्दा आईजीपी खनालले भने– प्रहरीकै शिर उचो पार्नबाहेक कुनै सम्झौता गरिनँ

काठमाडौंः प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम र महानगरीय प्रहरी पहरा गण सामाखुसी परिसरमा नवनिर्मित ब्यारेक भवनको मंगलबार उद्घाटन गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले नवनिर्मित अडिटोरियमको प्रहरी प्रधान कार्यालयमा र महानगरीय प्रहरी पहरा गण सामाखुसीमा नवनिर्मित ब्यारेक भवनको सोही गणमा आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कन्सल्ट्यान्ट ईन्जिनियर डा. पुरुषोत्तम डंगोल, निर्माण व्यवसायी नवराज श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक फणिन्द्र बराल र प्रहरी निरीक्षक रोशन सारुलाई प्रशंसापत्र वितरण गरे ।

याे पनि पढ्नुस  आईजीपी खनाल पुरस्कृत

छोटो अवधिमा नै गुणस्तरीय भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरणको साथै भवन निर्माण कार्यमा सहयोग पुर्याउने व्यक्तित्वहरुप्रति उनले आभार प्रकट गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कानुन कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी सबै प्रहरी कर्मचारीहरुले निष्ठापूर्वक एवं इमानदारिताकासाथ जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमितको संख्या ८७ पुग्यो

संगठनको सुधार एवं आन्तरिक सुदृढिकरणको लागि आफू सदैव लागि परेको चर्चा गर्दै प्रहरी अधिकृत तथा जवानहरुको मनोबल उच्च बनाउनका लागि अनवरत रुपमा अगाडि बढेको उनले बताए । आन्तरिक सुद्धिकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको उनले उल्लेख गरे ।

आफ्नो ३० वर्षे लामो सेवा अवधिमा आफू कार्यरत विभिन्न प्रहरी कार्यालयका लागि भवन निर्माण सम्पन्न गर्दै आएको स्मरण गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो प्रयास प्रहरीकै शिर उचो पार्नबाहेक कुनै सम्झौता नगरेको चर्चा गरे ।

याे पनि पढ्नुस  काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए, नयाँ को ?

सेवा पश्चात पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गर्दै नागरिक समाजमा रहेरसमेत संगठनको श्रीवृद्धिको लागि योगदान गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्