अफगानिस्तानको काबुलमा बम बिस्फोट, ५ जनाको मृत्यु

काबुलः अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ ।

याे पनि पढ्नुस  न्यायाधीशको गोली हानी हत्या

यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनु भएको छ ।
गृह मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ । तर गृह मन्त्रालयले घाइते सङ्ख्या भने छ मात्र भएको बताएको थियो ।

याे पनि पढ्नुस  अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकू मारिए

यो एउटा ठूलो विस्फोट हो जसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्– एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताए ।

हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए तापनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ । एएफपी

कमेन्ट गर्नुहोस्