धनकुटाः साथीले टाउकोमा अगुल्टो प्रहार गर्दा धनकुटामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथरजोरपाटी–३ लामोगराकी २९ वर्षीया पवित्रा राई रहेकी छन् ।
राईलाई आफ्नै साथी सोही स्थानकी २८ वर्षीया निर्मला श्रेष्ठले सामान्य विवाद हुँदा अगुल्टोले हानेर हत्या गरेकी हुन् । निर्मलाले राईलाई दाउराको अगुल्टोले टाउको र मुखमा हानेकी थिइन् ।
अगुल्टो प्रहारबाट घाइते पवित्राको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ र निर्मलालाई प्रहरीले पक्राउ गरेको छ ।