प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं: सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ज्ञवाली वरिष्ठता र जेष्ठताका आधारमा आइजिपी नियुक्त भएका हुन् । ठाकुर नपाल प्रहरीको २७औं आइजिपी बनेका हुन् ।

याे पनि पढ्नुस  आईजीपी ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित र पदबहाली (फोटोफिचर)

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा भएका डीआईजी ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् ।

२०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनको पहिलो पोस्टिङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा भएको थियो ।

याे पनि पढ्नुस  सर्वत्र विरोधपछि दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

ज्ञवाली २०५८ मा डीएसपी, २०६६ मा एसपी, २०७३ सालमा एसएसपी र २०७५ असोज २८ गते डीआईजीमा बढुवा भएका थिए ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।

याे पनि पढ्नुस  नयाँ प्रहरी महानिरीक्षक को बन्ला?

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

कमेन्ट गर्नुहोस्