प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रजातन्त्र दिवस मूलसमारोह समिति गठन

काठमाडौंः यही फागुन ७ गते ७० औं प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

गृह मन्त्रालयमा मूल समारोह समिति गठन गर्न आज बसेको बैठकले प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमको समेत तय गरेको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमति पनि गठन गरेको छ ।

याे पनि पढ्नुस  के भोलि सार्वजनिक विदा हो ? यस्तो भन्छ गृह मन्त्रालय

बैठकमा मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु, भक्तपुर, ललितपुर र काठमाडौं महानगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ७ गते सैनिक मञ्च टुडिखेलमा मुख्य कार्यक्रमको आयोजना गरिने छ ।

कमेन्ट गर्नुहोस्