काठमाडौंः गायक राजु लामाको नयाँ गीत ‘घामपानी’ सार्वजनिक गरिएको छ । नयाँ गीत ‘घामपानी’ गायक लामाकै युट्युव च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा कोचको भूमिका निर्वाह गरेर झनै चर्चामा आएका लामाले नयाँ गीतलाई सबै दर्शकले मनपराइदिने विश्वास व्यक्त गरेका छन्।
‘मङ्गोलियन हार्ट भोलुम सेभेन’ एल्बममा समावेश गीत घामपानी’लाई लामाले भिडियोसहित सार्वजनिक गरेका हुन्।
गीतमा लामा स्वयंको शब्द तथा सोनम वङ्दी भुटिया र गायककै लय सङ्कलन समेटिएको छ।
भिडियोमा गायक लामासँगै, कुन्साङ तामाङ, बबी लामा, सेन्सी पेमा वाइबा र किरण नगरकोटीको अभिनय रहेको छ।
छेवाङ लामाको निर्देशन तथा सज्नीत श्रेष्ठको छायाङ्कनमा तयार गीतको भिडियोलाई बिजेश पौड्यालले सम्पादन गरेका हुन्।
गीत तथा भिडियोमा हिमाली भेगको रहनसहन, तथा त्यही क्षेत्रमा बस्ने युवायुवतीको प्रेमभाव देख्न सकिन्छ।