मेयर कपः आयोजक पुर्नवास निलो र धनगढी सेमिफाइनल प्रवेश

पुनर्वासः कञ्चनपुरको पुनर्वासमा भइरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलवार दुई खेल भएका छन् ।

पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगितामा मंगलवारका खेलमा विजयी हुँदै आयोजक पुर्नवास नगरपालिकाको निलो टीम र धनगढी उपमहानगरपालिका सेमिफाइनलमा पुगेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा समस्यामा परेका साढे तीन सयलाई धनगढी पठाइयो

मंगलवार भएको पहिलो खेलमा पुर्नवास नगरपालिका निलोले भिमदत्त नगरपालिकालाई २–० ले हरायो । त्यस्तै, मंगलवारको दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोलाई धनगढी उपमहानगरपालिकाले ३–२ ले किनारा लगायो ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वुधवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वेलौरी नगरपालिका र मधुवन नगरपालिका वर्दिया तथा दोस्रो खेलमा गोदावरी नगरपालिका र महाकाली नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

याे पनि पढ्नुस  मेयर कपका लागि आर्मीको टोली घोषणा

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।

याे पनि पढ्नुस  मेयर कपः आर्मीविरुद्ध पुलिस विजयी, खेर गयो साहबको ७ विकेट

त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेष्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

कमेन्ट गर्नुहोस्