मुख्यमन्त्री कार्यालयका सवारी चालक, नक्कली ईन्सपेक्टर बनेर ठगी !

धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका चालक नै नक्कली प्रहरी निरिक्षक (ईन्सपेक्टर) बनेर ठगी धन्दामा सक्रिय रहेको खुलेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक किसन सिजापती नक्कली प्रहरी निरिक्षक बनेर धनगढीमै ठगी धन्दामा सक्रिय रहेको खुलेको हो ।

माघ २ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहरा घर भइ मिलनचोकमा मर्मत पसल सञ्चालन गरिरहेका चन्द्रभान शर्मासंग पनि सिजापतीले नक्कली प्रहरी निरिक्षक बनेर रकम असुली गरेपछि उनको ठगी धन्दा खुलेको हो ।

याे पनि पढ्नुस  नेपाल आइडलले सुदूरपश्चिममा अडिसन नगरेकोमा सांसद भट्टको आपत्ति

जिल्ला प्रहरी कार्यालयका अनुसार शर्माबाट भारतीय नम्बर प्लेटको मोटरसाईकल चोरीको हो र हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भनेर सिजापती सहित तीन जनाले दुई हजार ५ सय रकम असुली गरेका थिए । शर्माले तीनै जनालाई कारवाही गरी पाउँ भनि उजुरी दिएपछि सिजापतीसहित तीन जना पक्राउ परेका थिए ।

धनगढी उपमहानगरपालीका वडा नम्बर ५ हसनपुर बस्ने बर्ष ३५ का गौरव हमाल र वडा नम्वर ७ बस्ने सनम भण्डारी सहित पक्राउ परेका सिजापती अन्य गठीमा पनि संग्लन रहेको भेटिएको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने गरी काम गर्दैछौः मुख्यमन्त्री भट्ट

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘सिजापतीले घर परिवारका सदस्यलाई समेत आफु प्रहरी निरिक्षक नै भएको बताएका रहेछन् । उनले सवारी चालक अनुमती पत्र लाईसेन्स बनाईदिने र कर्मचारीको सरुवा बढुवा गरिदिने भन्दै समेत ठगी गरेको फेला परेको छ । ठगीमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।’

उनले सिजापती सहितको गिरोह नै ठगीमा संग्लन रहेको बताउँदै थप संग्लनहरुको समेत खोजी भईरहेको जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पक्राउ पर्नु अघि नै उनलाई सवारी चालकबाट निकालिसकेको दावी गरेको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिमका दर्जनौ नदी खोलामा विद्युत उत्पादनको लागि अनुमती

तर जिल्ला प्रहरी कार्यालय कैलालीले भने सिजापतीको साथबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको परिचयपत्र समेत फेला परेको जनाएको छ । सिजापती कञ्चनपुरको पुनरवास नगरपालिका घर भई हाल धनगढी उप–महानगरपालिका वडा नम्वर १ मा बस्दै आएका छन् । दिनेश खवर

कमेन्ट गर्नुहोस्