फेरि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले बढेर प्रतितोला ७६  हजार निर्धारण गरिएको गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।

बुधबार ७५ हजार ४ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ७ सय पुगेको छ।

त्यसैगरी चाँदीको भाऊ पनि आज वृद्धि भएको छ ।

आज ५ रुपैयाँ बढेर चादी तोलामा ८ सय ८० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्