भारतमा बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु

काठमाडौंः भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ३० जना भन्दा बढी घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको फिरोजावाद प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  नुवाकोटको आरुबोटे भिरबाट गाडी खस्यो

भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको हो । घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार थिए ।’

अस्पतालका मेडिकल अफिसर डाक्टर विश्वदीपकका अनुसार १३ जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको थियो घाइते भएका ३१ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

याे पनि पढ्नुस  ट्रकले ठक्कर दिँदा दुई युवाको मृत्यु

कमेन्ट गर्नुहोस्