यसरी बसेको थियो आयशा र क्रिकेटर शिखर धवनको प्रेम

काठमाडौंः भनिन्छ, एक अर्कामा मायाप्रेम बस्न कुनै निश्चित उमेर हुँदैन । प्रेम जतिबेला र जोसुकैसँग हुन सक्छ। प्रेम दुई मुटुको मेल हो । यसका लागि नत कुनै समय कुर्नुपर्छ, न त अवसर नै । तर प्रेम व्यक्त गर्नका लागि भने प्रेमजोडीहरुले ‘भ्यालेन्टाइन डे’ लाई खास मान्ने गरेका छन् ।

यसै सन्दर्भमा आज क्रिकेट जगतका एक यस्ता स्टारको बारेमा कुरा गर्न जाँदैछौं । जसको प्रेम कहानी पनि कुनै रोमान्चक खेल भन्दा कम छैन् । भारतीय क्रिकेट टीमका ओपनर शिखर धवन र उनकी पत्नी आयशा धवनको प्रेम कहानी पनि निकै रोमाञ्चक छ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः श्रीलंकाविरुद्ध शिखरको शानदार अर्धशतक

हुन त दुईको विवाह भएको पनि ८ बर्ष पूरा भैसक्यो । तर, पनि उनीहरुको प्रेम कहानी अझैसम्म ताजा नै छ । यस्तो छ यी दुईको प्रेम कहानीः

एकदिन शिखर धवन र स्पिनर हरभजन सिंह फेसबुक चलाउँदै थिए । त्यसैबेला हरभजनले प्रोफाइलमा एउटा फोटो देखे । धवनले एकटकले फोटो हेरिरहे । र, पछि रिक्वेस्ट पठाए । उनले विश्वास गरेका थिएनन् कि अष्ट्रेलियाली बक्सर आयशाले उनले पठाएको रिक्वेस्टलाई स्वीकार गर्ने छिन्।

याे पनि पढ्नुस  तनावमा भारतीय टिम, चोटका कारण अहिलेसम्म यी खेलाडी भए टाेलीबाट बाहिर

आयशाको रिक्वेस्ट स्वीकार पछि बिस्तारै शिखर र आयसाबीचको कुरा बढ्दै गयो । दिनहूँ जसो कुरा हुँदै गर्दा यी दुई कतिबेला प्रेममा परे थाहै भएन । आयशा शिखरभन्दा १० बर्ष जेठी हुन् । उनीसँग विवाह गर्नुपूर्व आयसा २ सन्तानकी आमा पनि हुन् । यति जान्दा जान्दै पनि धवनले उनलाई विवाहको प्रस्ताव राखेका थिए ।

धवनको प्रस्तावलाई आयशाले सहजै स्वीकार गरिन् । र, अन्ततः दुबैको विवाह भयो । सुरुमा पारिवारिक असहमति भएपनि पछि दुवैको परिवारले विवाहका लागि अनुमति दिए ।

याे पनि पढ्नुस  रोहित–शिखरले अष्ट्रेलियासँगकाे ‘निर्णायक म्याच’ गुमाउनसक्ने

आयशा मुखर्जी र शिखर धवनले सन् २००९ मा इन्गेजमेन्ट गरे । सन् २०१२ को ३० अक्टूबरमा यो जोडीले विवाह गरे । आयशाको पहिलो बिवाह एक व्यापारीसँग भएको थियो । जसका तर्फबाट उनका २ सन्तान रिया र अलियाह छन् ।शिखरसँग विवाह गरेपछि सन् २०१४ मा आयशाले एक छोरालाई जन्म दिइन् । जसको नाम हो जोरावर।

धवन पत्नी आयशाको जन्म भारतमा भएको हो । कामको शिलशिलामा उनी अष्ट्रेलिया पुगेकी थिइन् । धवनसँग बिवाह हुनु पहिले आयशा एक बक्सर खेलाडी थिइन् ।

कमेन्ट गर्नुहोस्