विप्लवका ज्वाइँ सुन्धाराबाट पक्राउ

काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकालसहित ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीकाअनुसार उनीसँगै ५ कार्यकर्ता पक्राउ परेका छन् ।

याे पनि पढ्नुस  ६ लाख धरौटीमा रिहालगत्तै विप्लवका जिल्ला सेक्रेटरीले गरे पार्टी परित्याग

उनीहरुसँगै सो संगठनकी त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष सन्ध्या पुनमगर पनि पक्राउ परेकी छिन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको उनले जानकारी दिए । ढकाल विप्लवका बहिनीज्वाइँ समेत हुन् ।

कमेन्ट गर्नुहोस्