अष्ट्रेलिया क्रिकेट टिमका पूर्वकप्तान क्लार्कले गरे ‘डिभोर्स’

काठमाडौंः अष्ट्रेलिया क्रिकेट टीमका पूर्वकप्तान माइकल क्लार्क र पत्नी क्ली बोल्डी क्लार्कको ७ वर्ष लामो सम्बन्ध टुटेको छ । दुवैले आपसी समझदारीमा सम्बन्ध विच्छेद गरेका हुन् । मे २०१२ मा बिहे गरेको यो जोडी औपचारिकरुपमा बुधबार छुट्टिएको हो । उनीहरुकी ४ वर्षीया छोरी छन् ।

सम्बन्ध विच्छेदपछि माइकल क्लार्कले भनेका छन्, ‘केही समययता अलग रहेका थियौं । र, आज यो फैसला गरेका हौं । हामीहरुले आपसी समझदारीमा अलग–अलग हुने फैसला गरेका हौँ ।’ क्लार्कको कप्तानीमा अष्ट्रेलियाले सन् २०१५ मा विश्वकप जितेको थियो । विश्वकप जिताएसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

याे पनि पढ्नुस  श्रीमानले ननुहाएपछि श्रीमतीले दिइन् डिभोर्स !

अष्ट्रेलियाका लागि उनले ११५ टेष्ट म्याचमा ८ हजार ६ सय ४३ रन बनाएका छन् । जसमा क्लार्कले २८ शतक बनाएका थिए । यस्तै उनले २४५ वानडे म्याचमा ७ हजार ९८१ रन बनाएका छन् । एकविदसीय क्रिकेटमा उनको नाममा ८ शतक र ५८ अर्धशतक छ ।

याे पनि पढ्नुस  पूर्वमिस नेपाल उषा खड्गीको ‘डिभोर्स’

नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने र माइकल क्लार्कबीच राम्रो सम्बन्ध छ । सन्दीप २०७३ सालमा क्लार्कको एकेडेमीमा प्रशिक्षण लिन अष्ट्रेलिया गएका थिए । सन्दीपलाई क्लार्कले आफ्नो एकेडेमी प्रशिक्षण गर्न र क्लबबाट खेल्न प्रस्ताव गरेपछि सन्दीप अष्ट्रेलिया गएका थिए । उनले क्लार्कको एकेडेमीमा झण्डै हप्ता दिन प्रशिक्षण गरेका थिए । सन्दीपले वेष्टर्न सवर्व क्लवबाट क्लार्कसँगै रहेर मासेमन क्लवबिरुद्ध अलान बोर्डर ओभेलमा एक खेल म्याचसमेत खेलेका थिए ।

याे पनि पढ्नुस  रामकृष्ण ढकालको डिभोर्स नाटक!

सन्दीपले क्लार्कसँग हङकङमा भएको हङकङ टी–२० ब्लिट्ज क्रिकेट प्रतियोगिता खेलेका थिए । हङकङ टी–२० ब्लिट्ज क्रिकेट प्रतियोगितामा सन्दीप र क्लार्कले एकै क्लब कव्लुन केटन टिमबाट खेलेका थिए । त्यस प्रतियोगितामा सन्दीपको खेलबाट प्रभावित भएपछि क्लार्कले सन्दीपलाई अष्ट्रेलिया बोलाएका थिए ।

कमेन्ट गर्नुहोस्