मेलम्चीबारे श्वेतपत्र जारीः असार मसान्तमा पानी झर्ने, ९५ प्रतिशत काम सम्पन्न

काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको छ । बिहीवार मन्त्रालयमा श्वेत पत्र जारी गर्दै यही असार मसान्तभित्र काठमाडौंमा पानी आउँने खानेपानी मन्त्रालयले जानकारी गराएको छ ।

निर्माण कार्य तीव्र गतीमा अगाडि बढेकोले सरकारले भनेको समयमै काम सम्पन्न हुने खाने पानी मन्त्री बिना मगरले जानकारी दिइन् । विगतमा सरकारले बाचा गरेअनुसार काम गर्न नसकेको स्मरण गराउँदै अब तोकेकै समयमा काठमाडौंमा पानी आउने उनले दाबी गरिन् ।

याे पनि पढ्नुस  फिल्डमै बसेर मेलम्चीको काम गर्न आयोजना प्रमुखलाई निर्देशन

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निर्माणको काममा अनुगमन राम्रोसँग भएको जानकारी दिंदै विगतका कमीकमजोरीबाट पाठ सिकेर मन्त्रालयले काम गरेको जानकारी दिए । सचिव बेल्बासेले कुनै दैविक प्रकोप नआए असार मसान्तभित्र पानी काठमाडौंमा आउने स्पष्ट पारे ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. तिरेशप्रसाद खत्रीले निर्माण कम्पनीहरुलाई सम्झौता अघि काम गर्न गरी काम अगाडि बढाएको बताए । कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिए ।

याे पनि पढ्नुस  खानेपानी मन्त्रीद्वारा वरिष्ठ गायिका घर्तीमगर सम्मानित

कमेन्ट गर्नुहोस्