पशुपति शर्माले ल्याए नयाँ गीत ‘जता नि चोर’ (भिडियोसहित)

काठमाडौंः गायक पशुपति शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लुट्न सके लुट कान्छा’को अपार सफलतापछि त्यसैको भाग–२ ‘जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ भन्ने नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतमा गायक शर्माकै शब्द र संगीत रहेको छ ।

गीतलाई केशब बडुले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने गायक पशुपति शर्मा लगायतका कलाकारहरु देखिएका छन् । गीतको भिडियोलाई छयाँकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोलाई सम्पादन भने नविन घर्तीमगरले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्