मन्त्री बाँस्कोटा भन्छन्, ‘नेपाल हरेक सूचाङ्कमा माथि उक्लिएको छ’

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा शान्ति र लोकतन्त्रलगायतका क्षेत्रमा अत्याधिक मात्रामा सुधार भएको बताएका छन् ।

मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको प्रश्नको उत्तर दिँदै उनले लोकतन्त्रको इन्डेक्समा नेपालको पाँच स्थान सुधार हुँदै ४२ औं स्थानमा उक्लेको बताएका हुन् ।

डेमोक्रेसीको इन्डेक्सका अनुसार नेपालमा अधिनायकवाद हावी भन्नेलाई यो सूचाङ्कले हावा खुवाएको पनि उहाँले स्पष्ट पारे ।

आम शान्ति सुव्यवस्थामा पनि सुधार भएको बताउँदै उनले ग्लोबल इन्डेक्समा १२ बिन्दुको सुधार भएको बताए ।
मन्त्री बाँस्कोटाले नेपालमा विधिको शासन बलियो भएको बताउँदै जस्टिस प्रोजेक्टको सर्भेमा ‘रुल अफ ल’ इन्डेक्समा नेपालले दुईस्थान सुधार गर्दै ५९ औंमा पुगेको बताए ।

त्यस्तै, भ्रष्टाचार सूचाङ्कमा सरकारले गरेका कामका कारण ११ औं स्थान उक्लिएर ११३ मा नेपाल पुगेको प्रसङ्ग सुनाए ।

नेपाली जनताको जीवनस्तर दुई स्थान माथि उक्लिएको बताउँदै १४९ औं स्थानबाट १४७ औं स्थानमा पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

नेपाल सरकारका प्रवत्ता पनि रहेका मन्त्री बाँस्कोटाले समृद्ध नेपाल सुखी नेपालीको नतिजा पनि राम्रो देखिएको औंल्याए ।

सुखी इन्डेक्समा नेपालको स्थान दुई स्थान अगाडि बढेको र लगानीको वातावरण ‘डुइङ बिजनेस’मा १६ औं स्थान माथि बढ्दै १९४ औं स्थानमा पुगेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्