समीर र सुरेखाको ‘रेल गाडी’ मा नाजीर हुसेन र प्रीयनाको रोमान्स (भिडियोसहित)

काठमाडौंः गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गित ‘रेल गाडी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । समीर र सुरेखाको यो दोस्रो सहकार्यमा बनेको गीत हो।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका छन् भने निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा नायक तथा मोडल नाजीर हुसेन र प्रीयना आचार्यलाइ फिचर्ड गरिएको छ ।

अष्ट्रेलियामा हुने नेपाली इभेन्ट र नेपाली गीत संगीतको लागि प्रबर्धन गर्दै आएको मायालु इन्टरटेनमेन्टको प्रस्तुतीमा ‘रेल गाडी’ को भिडियो बजारमा आएको हो ।

एक दशक देखि अष्ट्रेलियामा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका गायक समिर हाल नेपालमा ब्यस्त छन् । ‘दुनियाँ वेग्लै छ र हैन भन्देउ न माया’ ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेउ’, ‘उमेर अन्तर’ ‘ठुम्का’ जस्ता दर्जनौं हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका समिर आचार्य अहिले चल्तीका गायकका रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्