रोड सेफ्टी वर्ल्ड सिरिजः फेरि मैदानमा देखिँदै सचिन तेन्दुलकर र ब्रायन लारा

काठमाडौंः सडक सुरक्षा चेतना अभिवृद्धिका लागि पूर्व स्टार क्रिकेटरहरुले ‘रोड सेफ्टी वर्ल्ड सिरिज’ खेल्ने भएका छन् ।

यो सिरिजको पहिलो म्याचमा ७ मार्चमा सचिन तेन्दुलकर र वेष्ट इन्डिज क्रिकेट टीमका पूर्वकप्तान ब्रायन लाराको टीम खेल्ने छन् ।

सिरिजको पहिलो खेल मुम्बईको वानखडे स्टेडियममा हुनेछ । यो सिरिजमा ११ म्याच हुने छन् ।

याे पनि पढ्नुस  वेष्ट इन्डिविरुद्ध भारत लेजेन्ड्स ७ विकेटले विजयी, सहवागको उत्कृष्ट ब्याटिङ

सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, युवराज सिंह, जाहीर खान, ब्रायन लारा, शिवनारायण चन्द्रपाल, ब्रेट ली, ब्रेड हज, जोन्टी रोड्स, मुथैया मुरलीधरण, तिलकरत्ने दिलशान र अजन्ता मेन्डिसले लगायतले सिरिज खेल्ने छन् ।

सिरिजको ११ म्याच मध्ये २ खेल वानखडे स्टेडियममा हुने छन् । ४ म्याच पुणे एमसीए स्टेडियममा र बाँकी ४ खेल पाटिल क्रिकेट स्टेडियममा हुने छन् ।

याे पनि पढ्नुस  आज फेरि मैदानमा भिड्दै सचिन र लारा

सिरिजको फाइनल म्याच ब्रेबोर्न क्रिकेट स्टेडियममा हुनेछ । फाइनल म्याच २२ मार्चमा हुने छ । सिरिजका सबै खेल साँझ ७ बजेदेखि हुने छन् ।

कमेन्ट गर्नुहोस्