धनुषा बम काण्डः मुख्य योजनाकार विप्लव समूहका नेता पक्राउ

जनकपुरधामः धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु हुने गरी भएको बम विस्फोटमा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुक रहेका छन् । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बम काण्डमा संलग्न आरोपमा उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  कुर्था–जयनगर रेलको सेट पुससम्ममा आइपुग्ने

धानुक बम विस्फोट घटनाका मुख्य योजनाकारमध्ये एक रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । धानुक यसअघि विप्लव नेकपाकै सिरहा जिल्ला इन्चार्ज रहेका थिए।

घटनामा संलग्न आरोपमा यसअघि नै प्रहरीले ५ जनालाई पक्राउ गरिकसेको छ । गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोट गराइँदा महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका छोरा १६ वर्षीय आनन्द साहको ज्यान गएको थियो ।

याे पनि पढ्नुस  छोराले रड प्रहार गरी आफ्नै बुवाको हत्या गरे

 

कमेन्ट गर्नुहोस्