नेयमार चोटका कारण डर्टमण्डविरुद्धको खेल गुमाउनसक्ने

एजेन्सीः फ्रान्सेली क्लब पीएसजीका स्टार खेलाडी नेयमारले जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्धको खेल गुमाउनसक्ने भएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गतको खेलसम्ममा उनी नहुनसक्ने भन्दै शंका उत्पन्न भएको हो ।

पीएसजीका प्रशिक्षक थोमास टुचेलले पनि नेयमारले डर्टमण्डविरुद्धको खेल गुमाउनसक्ने बताएका छन् । पीएसजीले आफ्ना नेयमारबीचना फ्रेन्च कपको क्वार्टरफाइनल अन्तर्गतको खेल डिजोनविरुद्ध खेलेको थियो । उक्त खेलमा पीएसजी ६(१ गोलले विजयी भएको थियो ।

नेयमार फेब्रुहरी १ मा मोन्टेपिल्लरविरुद्धको खेलमा घाइते भएका थिए । त्यसपछि उनले नान्तेस र लियोनविरुद्धको खेल गुमाएका थिए ।
पीएसजी र डर्टमण्डबीचको खेल फेब्रुअरी १८ मा हुनेछ । यो खेल डर्टमण्डको घरेलु मैदान इडुना पार्कमा हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्