‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर यस्तो बन्यो, (ट्रेलरसहित)

काठमाडौंः चलचित्र ‘‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक चलचित्रको ट्रेलरमा पूजा र पलको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ ।

सुर्दशन थापा निर्देशित उक्त चलचित्रमा उनीसंगै पूजाको पनि लगानी रहेको छ । चलचित्रको कथा निर्देशक थापा स्वयंले तयार पारेका हुन् । सौरभ लामाले छायांकन गरेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

फागुन २३ देखि रिलिज हुन लागेको चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारहरुको अभिनय रहेको छ।

 

कमेन्ट गर्नुहोस्