आज कतिमा कारोबार हुँदैछ सुनचाँदीको मूल्य?

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ। बिहीबार प्रतितोला ७६ हजार निर्धारण गरिएको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । बिहीबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको छ।

त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्