बिहेको मिति सार्वजनिक गर्दै प्रियंका र आयुष्मान, किने नयाँ घर

काठमाडौंः सम्भवतः नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी आज बिहेको मिति सार्वजनिक गर्दैछन् । उनीहरूले फागुनको १५ गते बिहे गर्न तयारी गरेका छन् ।

त्यसैको तयारी स्वरूप प्रियंका र आयुष्मान भैसेपाटीमा नयाँ घर किनेका छन् र बिहेलगत्तै छुट्टै घरमा बस्ने उनीहरूको योजना छ ।

त्यसकारण प्रियंका घरको सजावटमा व्यस्त छन् र उनलाई उनको परिवारले त्यसमा साथ दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्