‘प्रहरी जवानले सहकर्मीलाई प्रेम प्रस्ताव गरे, अस्वीकारपछि आफैंलाई गोली हाने’

सिन्धुलीः सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेको खुलेको छ ।

सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले आफैंलाई गोली हानेका थिए । ड्यूटीमा रहकी महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि रायले महिलाको राइफल खोसेर आफैंलाई गोली हानेको खुलेको सिन्धुलीकी प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले बताइन् ।

आज प्रणय दिवस भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए । तर, प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेको प्रहरीको दाबी छ । दुवै प्रहरी अविवाहित हुन् ।

आफ्नै दाहिने कोखामा गोली हानेका रायलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

कमेन्ट गर्नुहोस्