प्रेम दिवसमा जब कैदीबन्दीले गुलाफ उपहार पाए…

धनगढीः आज परेको भ्यालेन्टाईन डे अथात् विश्व प्रेम दिवस कैलालीमा फरक ढंगले मनाइएको छ । सामाजिक कार्य सक्रिय युवाहरुको संस्था हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमले कैलाली कारागारमा रहेका कैदीबन्दीहरुसंग प्रेम दिवस मनाएको छ ।

ह्याप्पीनेसले कारागारमा आश्रित चार सय ७८ कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिँदै प्रेम दिवस मनाएको हो । कागारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाले विभिन्न ब्लकमा रहेका कैदीबन्दीलाई गुलाफ र चकलेट उपचार दिँदै प्रेम बाडेको छ ।

याे पनि पढ्नुस  आज ‘भ्यालेन्टाइन डे’, कसरी भयो यसको सुरुवात?

कार्यक्रममा बोल्दै संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले प्रेम रुपलाई होइन मानवतालाई गर्नुपर्छ भन्ने हेल्फ फर ह्याप्पीनेसको उद्देश्य अनुसार कैदीबन्दीसंग भ्यालेन्टाईन डे मनाईएको बताए । भण्डारीले कारागारमा आश्रीत सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिनका लागि प्रेम स्वरुप रातो गुलाब उपहार दिएको जनाए ।

प्रेम प्रेमी र प्रेमिकाबीचमा मात्र सीतित नहुने सन्देश दिनु पनि आफूहरुको उद्देश्य भएको भण्डारीले कार्यक्रममा सबैलाई जानकारी दिए । उनले कानून भन्दा माथि कोही नहुने भएकाले जान/अनजानमा भएका गल्तीको सजायको भागेदार भएको भन्दैमा विचल्लीत नहुन पनि आग्रह गरे। कारगारको जीवनलाई सिकाईको रुपमा लिएर परिवार, समाज र देशका लागि काम गर्नेमा हेल्फ फर ह्याप्पीनेस विश्वस्त रहेको भण्डारीले बताए ।

याे पनि पढ्नुस  आज ‘भ्यालेन्टाइन डे’, कसरी भयो यसको सुरुवात?

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कैलाली कारागारका जेलर बिरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामिप्तयता दिएकोमा हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमलाई धन्यवाद दिए । उनले कतिपय व्यक्तिहरु प्रेमकै कारण कैद भुक्तान गर्न बाध्य भएको उदाहरण पनि कारागार भित्र रहेको बताए । संस्थाबाट अगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको जेलर बोहोराले बताए ।

याे पनि पढ्नुस  आज ‘भ्यालेन्टाइन डे’, कसरी भयो यसको सुरुवात?

ह्याप्पीनेसले प्रेम दिवसकै अवसरमा माईती नेपाल कैलालीमा आश्रीत युवतीलाई पनि गुलाफ र लुगा उपहार दिएको छ । हेल्प फर ह्याप्पीनेसले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्