प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा किन नचलाएको ?

काठमाडौंः सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।

तत्कालिन मन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायत एक सय ७५ जनाविरूद्व मुद्दा दर्ता गर्रा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट गर्ने तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेश गर्न अदालतले अख्तियारलाई आदेश दिएको हो ।

याे पनि पढ्नुस  बालुवाटार जग्गा प्रकरण: विशेष अदालतमा मुद्दा दायर गरिँदै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषदका सबै सदस्यविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

कमेन्ट गर्नुहोस्