प्रदेश २ को राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेश हुन्छः मुख्यमन्त्री राउत

धनुषाः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको दुई वर्षको कार्यकाल सफल भएको बताएका दावी गरेका छन् ।

शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले विभिन्न आरोह–अवरोहका बीच प्रदेश सरकारको दुई वर्षे कार्यकाल सफल रहेको दावी गरेका हुन् । त्यसक्रममा उनले २६ बुँदे कार्य प्रगति विवरण समेत सार्वजनिक गरे ।

याे पनि पढ्नुस  जनकपुरमा शंकास्पद वस्तु भेटियो, घटना स्थलमा सेनाको टोली

मुख्यमन्त्री रावतले संघियतालाई असफल पार्ने तत्त्वहरु सक्रिय रहेको दावी गर्दै समयमा प्रदेश सरकारले संघीयतालाई संस्थागत गर्न तर्फ अग्रसरता लिएको बताए । उनले संघ सरकारको तर्फबाट असहयोग भइरहेको भन्दै प्रदेशका अधिकारहरु कटौती गर्ने काम भएको समेत बताए ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले वर्तमान सरकारको कार्यकाल ५ वर्ष नै रहने दावी गरेका छन् । उनले जनताको म्याण्डेटबाट गठन भएको प्रदेश सरकार रहेकोले यो सरकार ५ वर्ष सम्म रहने बताए ।

याे पनि पढ्नुस  आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको माग

एक अर्को प्रसंगमा उनले प्रदेशको राजधानी जनकपुरधाम हुने सहमति भइसकेको र प्रदेशको नाम मधेश नै हुने दावी गरे ।

कमेन्ट गर्नुहोस्