सन्तोष रोकायाको ‘मिस्टर बिआर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायक सन्तोष रोकायाको नयाँ ‘मिस्टर बिआर’ सार्वजनिक भएको छ । उनको यो गीत आज हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा रोकायाको स्वर, शब्द र संगीत रहेको छ । गायक रोकायाको यो चौथो गीत हो ।

यस्तै ‘मिस्टर बिआर’ लाई दिपक संगम बीसीले एरेन्ज गर्दा भिडियोमा विनायक रोकाया र निर्मलाले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियोमा अनुप बि.कको सम्पादन, राज सूर्य सिलालको फाइट निर्देशन रहेको छ ।

यस्तै भिडियोलाई अमित बि.कको टिमले छायाँकन गरेको हो । भिडियोमा स्टार कठायतको कोरियोग्राफी र निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्