कुनै पनि नेपालीले अब खुल्ला आकाशमुनि सुत्न पर्दैनः प्रधानमन्त्री ओली

झापाः नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कसैले पनि गरीब सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्न नपर्ने बताएका छन् ।

गृहनगर झापाको दमकमा आईतबार आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी भएर दमकस्थित बेलडाँगी खेलमैदानमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

पछिल्लो समय सुकुम्बासीका नाममा विभिन्न व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गर्ने समस्या आएको भन्दै यसलाई निर्मुल गर्ने उनले बताए ।

घरविहिनका लागि यस वर्ष भित्र देशैभरी ८९९ घर निर्माण गरेर वितरण गरिएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि नेपालीले खुल्ला आकाशमुनि चिसो भुईंमा सुत्न नपर्ने बताए ।

उनले नेपालमा कानुनी शासनलाई जनताले अनुभव हुने गरी भइरहेको बताउँदै नेपालको इतिहासमा सभामुख, पूर्वमन्त्री तथा उच्चपदस्थ अधिकारीहरु कानुन विपरित काम गरेकोमा सजायँ भोगिरहेको बताए ।

कमेन्ट गर्नुहोस्