अश्लील सन्देश र फोटो पठाएको आरोपमा नेकपाका वडाकमिटी अध्यक्ष पक्राउ

म्याग्दीः सामाजिक सञ्जाल म्यासेन्जरमार्फत महिलालाई अश्लील तस्वीर र सन्देश पठाएको आरोपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक व्यक्ति पक्राउ परेका छन् ।

महिलालाई अश्लील सन्देश र तस्वीर पठाएर अभद्र व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं ६ को वडाकमिटीका अध्यक्षसमेत रहेका घारका मेखबहादुर खड्कालाई पक्राउ गरिएको हो ।

खड्कालाई उजुरी परेपछि पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरले जानकारी दिए ।

पीडित महिलाले खड्काले आफूलाई म्यासेन्जरमा अश्लील तस्वीर र सन्देश पठाएको भन्दै प्रहरीमा उजुरी दिएकी जनाइएको छ।

कमेन्ट गर्नुहोस्