काठमाडौंः महिला बलात्कार प्रयास अभियोगमा कारागार परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला आज हुने भएको छ।
आइतबार नै फैसला हुने भनिएपछि हेर्दाहेर्दै राखिएको मुद्दाको फैसला आज हुने भएको हो । जिल्ला अदालत काठमाडौंमा आइतबार दुवै पक्षको बहस सकिइसकेको छ । तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा छन् ।