यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार (फागुन ५) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२४ रुपैयाँ ४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५०पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्