उपप्रधानमन्त्री पोखरेल सेनाको हेलिकोप्टर लिएर कालापानी उडे

दार्चुलाः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन् । रक्षा मन्त्री पोखरले आज विहान त्यसतर्फ उडेका हुन् ।

ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । आइतबार दार्चुला आइपुगेका मन्त्री पोरखेलले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरेका थिए ।

भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ। उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ । उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्