आर.आर क्याम्पसमा अनेरास्ववियू र नेविसंघका विद्यार्थीबीच झडप

काठमाडौंः आर.आर क्याम्पसमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्ष दल कांग्रेसको विद्यार्थी संगठन नेविसंघका विद्यार्थीबीच झडप भएको छ ।

सोमबार बिहान क्याम्पसमा पढाइ भइरहेको समयमा दुई संगठनका विद्यार्थीबीच झडप भएको हो । झडपमा दुवै विद्यार्थी संगठनका केही विद्यार्थी घाइते भएका छन् ।

झडपलाई नियन्त्रणमा लिनका लागि दुई दर्जन बढी सुरक्षाकर्मी खटिएका थिए । प्रहरीले अनेरास्ववियू र नेविसंघका दुई दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

झडप के कारणले भयो भन्ने खुलेको छैन । स्ववियु चुनाव नजिकिँदै गर्दा त्यहीँ विषयलाई लिएर झडप भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्