कानूनमन्त्री बन्दै तुम्बाहाङ्फे, शपथ आजै

काठमाडौंः निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।

तुम्बाहाङ्फेले आजै आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्री बनाउने भन्दै उनलाई उपसभामुखबाट राजीनामा गराइएको थियो । उपेन्द्र यादवले सरकार छाडेपछि रिक्त रहेको कानून मन्त्रालय स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्