पूर्वसांसद गिरीले मापसे गरेर चलाएको कारकाे ठक्करबाट एक जना गम्भीर घाइते

काठमाडौंः नेपाली कांग्रेसका पूर्वसांसद गेहेन्द्र गिरीले मापासे गरी चलाएको कारले पैतलयात्रुलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । उनले चलाएको निजि कारको ठक्करबाट कैलालीको धनगढी निवासी हाल दाङको लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु बस्ने ३५ वर्षीय रकबहादुर विक गम्भीर घाइते भएका हुन् ।

याे पनि पढ्नुस  सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पदमुक्त गर्न माग

इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार दाङको सतवरियामा खुमबहादुर खड्काको सालिक निर्माणका लागि भएको छलफलमा सहभागी भएर घर फर्किने क्रममा आइतबार वेलुकी करिब साढे ६ बजेतिर गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारले विकलाई दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने ठाउँमा ठक्कर दिएको हो।

याे पनि पढ्नुस  कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

प्रहरीका अनुसार घाइते विकको टाउँको र घुँडामा चोट लागेको छ । घाइते विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । पूर्व सांसद गिरी र ठक्कर दिने कारलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

याे पनि पढ्नुस  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे ठोस निर्णय हुनसक्ने

कमेन्ट गर्नुहोस्