फाफ डुप्लेसिसले दिए कप्तानबाट राजीनामा

काठमाडौंः दक्षिण अफ्रिका क्रिकेटका फाफ डुप्लेसिसले कप्तान पदबाट राजीनामा दिएका छन् । उनले आज टेष्ट र टी–२० टीमको कप्तान पदबाट राजीनामा दिएका हुन् ।

फाफले इंग्ल्याण्डसँगको वानडे र टी–२० क्रिकेट सिरिज पनि खेलेका थिएनन् । उनको स्थानमा टीमको नेतृत्व विकेटकीपर–ब्याट्सम्यान क्विन्टन डीकले गरेका थिए । फाफको नेतृत्वमा दक्षिण अफ्रिकाले टेष्ट, वानडे र टी–२० को ११३ अन्तर्राष्ट्रिय म्याचमा ६९ खेल जितेकाे छ ।

चोटका कारण लामो समय एबी डिविलियर्स टिम बाहिर हुँदा फाफले सन् २०१६ मा टेष्ट टीमको कप्तानको जिम्मेवारी पाएका थिए । उनको राजीनामासँगै अब दक्षिण अफ्रिकाको टीमको कप्तान को बन्ला? चासोको विषय बनेको छ ।

अहिले टीमको कप्तान डिककले गरिरहेका छन् । उत्कृष्ट लयमा देखिएका डिककलाई नै दक्षिण अफ्रिकाले तीनै क्रिकेट प्रारुपको नयाँ कप्तान बनाउने सम्भावना बलियो छ ।

कमेन्ट गर्नुहोस्